कास्कीका लुम्ले र जुमलेटीमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
- असार १२, २०७९
- 0
कास्कीका दुई स्थानमा अति भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको हो।
जुम्लेटीमा १३६.५ मिलिमिटर र लुम्लेमा १२२.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
यी दुई स्थानमा खतराको तह पार गरिसकेकोले सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।
महाशाखाले आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ। कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ। मधेश र सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आँकलन गरिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







