नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगे
- असार ११, २०७९
- 0
नियुक्त भएको एक महिनापछि नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिवार दिउँसो काठमाडौं आइपुगेका छन् ।
उनी गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त भएका थिए । शनिवार दिउँसो काठमाडौं आइपुगेका श्रीवास्तवलाई कार्यवाहक राजदूत नामग्य सी खम्पा तथा दूतावासका अन्य अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा नियुक्त भएका श्रीवास्तव चिनियाँ मामिला जानकार हुन्।
उनी यस अघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीका रूपमा कार्यरत थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







