बाढीले मेलम्चीको फट्टे पुलमा क्षति, मध्यरातमा घर छोडेर भागे स्थानीय
- असार ११, २०७९
- 0
गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।
बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए ।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।
अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







