ललितपुरमा आजदेखि बालबालिकालाई फाइजर खोप
- असार १०, २०७९
- 0
ललितपुर महानगरपालिकामा शुक्रबारदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ।
पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई फाइजरको पहिलो मात्रा गलाउन लागिएको हो।
विद्यालय वा आफूलाई पायक पर्ने वडाको स्वास्थ्य संस्थामा गएर बालबालिकालाई खोप लगाउन महानगरले सूचनामार्फत आग्रह गरेको छ।
यही १५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने महानगरले जनाएको छ। शनिबार भने खोप लगाइने छैन।
शुक्रबार ललितपुर महानगरको वडा नम्बर १, २ र ३ मा खोप लगाइँदैछ।
सरकारले बिहीबारदेखि २७ जिल्लाका बालबालिकालाई फाइजरको पहिलो मात्रा दिन थालेको हो। खोप कार्यक्रम १५ गतेसम्म सञ्चालन हुनेछ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








