मिस नेपाल २०२२ को ताज प्रियंका जोशीलाई

news-details

सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालेमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।​

प्रियंकालाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी थिइन्। यस वर्षको मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया