धादिङको धार्केमा २ वटा ट्रकबाट स्थानीय किसानले लुटे रासायनिक मल
- असार ४, २०७९
- 0
धादिङको धार्केमा किसानहरुले रासायनिक मल बोकेको ट्रकबाट मल लुटेका छन ।
काठमाडौँतर्फ आउँदै गरेका २ वटा ट्रकहरुबाट किसानहरुले मल लुटेका हुन । करिब ५ सय ३० बोरा रासायनिक मलमध्ये सबैजसो मलका बोरा लुटिएको जनाइएको छ । दुबै ट्रकमा युरिया र डीएपी मल रहेको प्रहरीले जनाएको छ ।
स्थानीय किसानहरुले २ वटा ट्रकबाट मल निकाल्न लाग्दा प्रहरीसँग झडप भएको थियो । तर सयौँ किसानहरुले प्रहरीको रोकावटको बाबजूद पनि मल निकालेका थिए ।
मल बोकेका दुबै ट्रक अहिले प्रहरी चौकीमा राखिएको छ।
किसानहरुले खेती गर्ने समयमा मलको अभाव भएपछि मलको जोहो गर्न नसक्दा समस्या भोगिरहेका थिए ।
अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







