एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर हुँदै
- असार ४, २०७९
- 0
नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् ।
बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हो । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भए पनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ ।
एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै समूहले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







