एसपीपी नेपाललाई स्वीकार्य छैन : परराष्ट्र मन्त्री खड्का

news-details

परराष्ट्र मन्त्री डा नारायण खड्काले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको स्पष्ट पारेका छन ।

एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा बोल्दै परराष्ट्र मन्त्री नारायण खड्काले प्रधानमन्त्रीको तहबाट र रक्षामन्त्रीबाट पनि नेपालका लागि एसपीपी स्वीकार छैन भनेर लिखित रुपमा स्पष्ट पारी सकेकाले एउटै विषयलाई बढी खोतलखातल नगर्न समेत आग्रह गरे ।

उनले मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले , को मन्त्री हुँदा पत्र लेखेको र सम्झौता भयो भन्ने विषय मुख्य भन्दा पनि नेपालको परराष्ट्र नीतिमा छ कि छैन भन्ने विषय प्रमुख भएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया