संसदीय समितिलाई प्रधानसेनापतिको जवाफ : ‘नेपाल एसपिपीमा सहभागी हुँदैन’

news-details

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) नेपालको हितमा नभएको स्पष्ट पारेका छन । एसपिपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा जवाफ दिदै शर्माले नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका हुन ।

मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उनले स्पष्ट पारेका छन । सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पारे ।

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गरे । पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उनले बताए । नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो तर चिठीमा सैन्य अलाएन्स लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो, उनले बैठकमा भने ।

सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्य छैन ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको उनले सांसदहरुसँग भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया