विवादित ‘एसपीपी’बारे संसदीय समितिमा छलफल हुँदै, परराष्ट्रमन्त्री र प्रधानसेनापतिले जवाफ दिने

news-details

पछिल्लो समय विवादमा परेको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे आज संसदीय समितिमा छलफल हुँदै छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अहिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिने कार्यक्रम रहेको छ ।

छलफलका लागि परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिको बैठकस्थलमा पुगेका छन् । समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिसहित परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि छलफलमा बोलाएको छ ।

एसपीपीबारे संसदमा चर्को आवाज उठेको थियो भने यसबारे छिमेकी राष्ट्र चीनले समेत चासो दिइरहेको छ । गत बुधबार नेपालमा रहेको अमेरिकी राजदूतावासले एसपीपीमा सहभागी हुन नेपाली सेनाले नै प्रस्ताव गरेको र त्यो स्वीकृत भइसकेको जनाएको थियो । तर सोही दिन नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै एसपीपीमा अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको जनाएको थियो त्यसको भोलिपल्ट नै बिहीबार नेपाली सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भयो । यसले सेना नै अप्ठेरोमा परेको छ ।

एकपछि अर्को विवादास्पद अभिव्यक्ति र दाबीहरु बाहिरिएपछि यसबारे छलफल गर्न संसदीय समितिले सम्बन्धितलाई बोलाएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया