लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री विमला प्रहरी नियन्त्रणमा
- जेष्ठ ३१, २०७९
- 0
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिला माथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको हो ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ ।
मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । प्रहरीले अहिले विमला वलिलाइ इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरीको कार्यालय बाहिर महिलाहरुले मन्त्री माथि कारबाहीको माग राख्दै धर्ना बसेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







