एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथ आज
- जेष्ठ २३, २०७९
- 0
नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् ।
नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् ।
एकीकृत समाजवादीले आफ्नातर्फबाट मन्त्री रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर उनीहरुको नाम सिफारिस गरेको थियो ।
स्वास्थ्य राज्मन्त्री भवानी खापुङको भने स्वास्थ्यमन्त्रीमा बढुवा हुने भएको छ । पार्टी सिफरिसअनुसार श्रेष्ठलाई पर्यटन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।
एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







