आज प्रतिनिधिसभा बैठक बस्दै, दुई विद्येयक पेस हुने
- जेष्ठ २३, २०७९
- 0
प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले सूचना प्रकासन गरी जानकारी गराएको छ ।
सचिवालयले जारी गरेको सूचनानुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउनेछ । समितिलाई सम्भावित कार्यसूचीमा रहेका विद्येयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







