आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

news-details

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज (शनिबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ। प्रदेश-१ र मधेश प्रदेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार राति भने प्रदेश-१ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया