फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न बालेन र सुनिता सिसडोल पुगे

news-details

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्।

काठमाडौंको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।

हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन्।

दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए।

काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदै आएका मेयर साह चुनाव जिते लगत्तै पनि सिसडोल पुगेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया