संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै
- जेष्ठ १९, २०७९
- 0
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्ने भएको छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बिहबिार पनि सैद्धान्तिक छलफल हुनेभएको छ ।
बजेटमाथि मंगलबार र बुधबार पनि सांसदहरुले आफ्नो धारणा राखिसकेका छन्। बुधबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले त्यसलाई बिहिबार पनि निरन्तरता दिइन लागेको हो ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







