प्रधानमन्त्री र मेयर बालेनबीच भेटर्वार्ता : राम्रा काममा सरकारको सहयोग रहन्छ-प्रधानमन्त्री देउवा

news-details

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताएका छन ।

बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । प्रधानमन्त्री देउवासँग भेट गर्न बुधबार दिउँसो महानगर प्रमुख शाह बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ सहयोग रहने विश्वास दिलाएका छन । भेटमा प्रधानमन्त्री देउवाले महानगर प्रमुखमा विजयी हुनुभएकोमा शाहलाई बधाई दिएका छन ।

प्रधानमन्त्रीसँगको भेटमा महानगर प्रमुख शाहले आफूले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया