दुघर्टनाग्रस्त विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि, गाउँमा रुवावासी 

news-details

दुघर्टनाग्रस्त तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ ।

सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

एउटै टोलमा बस्ने सात जना दुर्घटनामा परेसँगै गाउँवासीमा रुवावासी  चलेको छ ।

जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।

-तस्विरः विजयकुमार साह

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया