बलात्कार मुद्दामा हदम्याद हटाउन राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता
- जेष्ठ १३, २०७९
- 0
बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएकी हुन । उक्त प्रस्तावमा ८ सांसदले समर्थन गरेका छन् ।
समर्थकहरूमा एमाले सांसद विमला राई पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह , शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।
समाजमा बालबालिकाविरूद्ध यौन हिंसाका घटनाहरू बढिरहेको र बालबालिकाले समयमै घटनाको उजुरी दिन नसकेकाले हदम्यादसम्बन्धी व्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरूरी देखिएको प्रस्तावमा भनिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







