गेब्रेयसस पुनः डब्लुएचओको महानिर्देशक नियुक्त
- जेष्ठ ११, २०७९
- 0
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा।ट्रेडोस अधानोम गेब्रेयसस पुनः नियुक्त भएका छन्। डब्ल्यूएचओका सदस्यराष्ट्रले आगामी पाँच वर्षे कार्यकालका लागि उनलाई महानिर्देशकमा चयन गरेका हुन्।
पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औँ विश्व स्वास्थ्य सम्मेलनबाट उनी अर्को कार्यकालका लागि निर्वाचित भए। गेब्रेयसस पहिलो पटक सन् २०१७ मा डब्ल्यूएचओको महानिर्देशक निर्वाचित भएका थिए।
दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट आभारी रहेको भन्दै उनले स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकालाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको बताएका छन्।
महानिर्देशक डा।टेड्रोसको नयाँ कार्यकाल अगष्ट १६ मा सुरु हुने डब्ल्यूएचओले जनाएको छ। ९डब्ल्यूएचओ०को महानिर्देशकका लागि उनी एक मात्र उम्मेदवार थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







