गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको विमान चरासँग ठोक्कियो

news-details

१२१ जना यात्रु लिएर नेपाल आएको जजिराको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चरासँग ठोक्किएको छ ।

आज सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान अवतरण गरेपछि चरासँग ठोक्किएको बताइएको छ ।

विमानस्थल स्रोतका अनुसार जहाजको बाहिरी भागमा रगत देखिए पनि रनवेमा कतै चरा देखिएको छैन ।

जजिराले जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया