बालेनको अग्रता कायमै, सिर्जनाले पछि पारिन् स्थापितलाई
- जेष्ठ ८, २०७९
- 0
काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् ।
हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ ।
पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् ।
त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन् । एमालेको प्रमुखका उम्मेदवार २१ हजार ८ मत ल्याएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







