गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको व्यावसायिक उडान शुरू

news-details

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल (जीआईए)मा व्यावसायिक उडान शुरू भएको छ ।

कुवेतबाट १७४ जना यात्रु लिएर आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले आज सोमबार बिहान ७ बजे जीआईएमा अवतरण गरेको छ ।

यसअघि बुधबार भारतको नयाँ दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलक्षित सुरक्षा अधिकारी, सुरक्षा सामग्री र बुलेट प्रुफ कार ल्याएको थियो ।

साताको ३ दिन जजिरा एयरलाइन्सले नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । जजिरा एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार जीआईएमा उडान गर्ने छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया