प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, जजिरा एयरवेजको विमान अवतरण
- जेष्ठ २, २०७९
- 0
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् ।
विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यो विमानस्थल संञ्चालनसँगै मुलुक हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको र यसले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए ।
यस्तै गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे चने नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकको विकासमा टेवा पुग्ने बताए ।
विमानस्थल सुभारमभसँगै आजै कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।
नियमित अन्तर्राष्ट्रिय उडानका लागि जजिराले अनुमति पाएको थियो । जजिराले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ ।
नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबाट उडान भरेको जजिराको विमान बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।
जजिरा एयरले अहिले हप्ताको ३ दिन उडान गर्नेछ ।










