स्थानीय निर्वाचन मतगणणा अपडेट : २३ गाउँपालिकाको नतिजा सार्वजनिक (सूचिसहित)
- जेष्ठ १, २०७९
- 0
स्थानीय तह निर्वाचनमा २३ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम परिणामअनुसार एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ ।
हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका- मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका- मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु
८. साइपाल गाउँपालिका-बझाङ
९. नवलपुरको बौदीकाली -नवलपरासीपूर्व
१०. थलरा गाउँपालिका- बझाङ
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका-मनाङ
४. गुल्मी दरबार गाउँपालिका, गुल्मी
५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
६. रेसुङ्गा नगरपालिका, गुल्मी
७. खार्पुनाथ गाउँपालिका, हुम्ला
८. बडिकेदार गाउँपालिका, डोटी
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका- डोल्पा
२. नौमुले गाउँपालिका- दैलेख
३. ताराखोला गाउँपालिका, बागलुङ
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१. काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा










