६ दिनभित्र मतगणना सक्ने आयोगको तयारी
- बैशाख २७, २०७९
- 0
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हुने मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने तयारी गरेको छ ।
आयोगले २०७९ जेठ ५ गतेभित्र देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले त्यसबेलासम्ममा मतगणनाको परिणाम घोषणा गरिसक्ने रणनीति बनाएको हो ।
३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन अनुसार, निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ ।
त्यसरी हेर्दा ५ जेठ २०७९ मा उनीहरुको पाँच वर्षे कार्यकाल पूरा हुन्छ । आयोगले हालका जनप्रतिनिधिहरु विदा हुनअघि नै नयाँ प्रतिनिधिहरुको घोषणा गर्ने तयारी थालेको हो ।
यद्यपि आयोगका लागि देशभरका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको मतगणना चुनौतीपूर्ण छन् । ती क्षेत्रमा त्यसैअनुसारको व्यवस्थाका लागि जनशक्तिको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







