जेठदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा दिने सरकारको निर्णय
- बैशाख १४, २०७९
- 0
नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले परीक्षणका रुपमा सातामा दुई दिने सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन ।
मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिएका हुन।
प्रवक्ता कार्कीका अनुसार यो निर्णय आगामी जेठ १ गतेदेखि लागू हुनेछ। निर्णय लागूभएपछि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछन्।
‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी बिहान ९:३० बजेदेखि साँझ ५:३० सम्म कार्यालय समय कामय गर्ने, शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ’, सरकारका प्रवक्ता कार्कीले भने।
सरकारले सरकारी खर्च घटाउन सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। मुद्रा सञ्चिति घट्दै गएपछि केही महिनायता सातामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा बहसमा भएको थियो। सरकारले अहिले परीक्षणको रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि नै सरकारले विभिन्न १० प्रकारका विलासीका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ।










