स्थानीय तहको निर्वाचन: देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
- बैशाख १२, २०७९
- 0
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राति ८ः३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो।
निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २३ सय ४३ र उपप्रमुख पदमा १४ सय ४५ जनाको उम्मेदवारी परेको छ।
गाउँपालिकाको अध्यक्षको पदमा २४ सय ९७ र उपाध्यक्ष पदमा १७ सय २६ जनाको उम्मेदवारी परेको आयोगले जानकारी गराएको छ ।
आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा २० हजार १७६ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै महिला सदस्य पदमा १३ हजार ५५४ र दलित महिला सदस्यमा १२ हजार १८१ जनाको उम्मेदवारी परेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







