आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै
- बैशाख १२, २०७९
- 0
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठक बस्न लागेका हुन्।
पाँचदलीय गठबन्धनको बैठक आइतबार बेलुकी पनि बालुवाटारमा बसेको थियो। तालमेल बाँकी रहेका र विवादित क्षेत्रबारे आज बिहान बैठक बसेर सहमति खोजिने नेताहरूले बताएका छन्।
पाँचदलीय गठबन्धन स्थानीय चुनावमा मिलेर जाने सहमति गरेका थिए। तर केही स्थानीय तहमा तालमेलमा विवाद हुँदा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने तयारीमा दलहरू छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







