मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकाको घरघरमा वितरण गरिदै
- बैशाख ११, २०७९
- 0
मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा पुर्याउने तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गरेको छ ।
गतवर्ष चैत २९ गते पहिलो पटक पानी वितरण गरिएकोमा असार पहिलो साता आएको बाढीले आयोजना क्षतविक्षत बनाएको थियो । बाँधस्थलमा अस्थायी संरचना बनाएर पुनः पानी ल्याइएको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले अहिले केही बेरमा नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानी वितरणको निकास खुला गरेपछि पानी वितरण सुरू हुनेछ ।
केयुकेएले दैनिक १७ करोड लिटर पानी वितरण गरिने जनाएको छ । बाँधस्थलमा अस्थायी संरचना बनाइएकाले असार लाग्दा नलाग्दै पानी ल्याउन बन्द गरिने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







