प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता
- बैशाख १०, २०७९
- 0
प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सांसदहरुको टोलीले भेटवार्ता गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग नेपाल भ्रमणमा रहेका अमेरिकी पाँच सदस्यीय टोलीले भेटवार्ता गरेको हो ।
भेटमा नेपाल जलवायु परिवर्तनलगायत विश्वव्यापी मुद्दामाथि छलफल भएको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जानकारी दिए ।
त्यस्तै, नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायहरुबारे पनि छलफल भएको छ ।
संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणको लागि शुक्रबार साँझ काठमाडौं आइपुगेको हो ।
सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







