महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
- बैशाख ८, २०७९
- 0
स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए। रिमालका अनुसार बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुनेछ। शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ।
सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो।
बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुनेछ। सचिवालय बैठक बस्नु अघि एमालेको सल्लाहकार परिषद्को बैठक बस्नेछ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







