सत्तारुढ गठबन्धनको बैठक : मध्यरातसम्म छलफल गर्दा पनि जुटेन सहमति, आज फेरि बैठक बस्ने
- बैशाख ७, २०७९
- 0
स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन। गएराति दुई बजेसम्म बसेको बैठकमा उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो।
गएराति राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि जारी रहने भएको छ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक आज बिहान ११ बजे बालुवाटारमै बस्नेछ।
रातिदेखि आज बुधबार बिहान २ बजेसम्म छलफल गर्दा पनि जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको हो। यी दुई महानगरमा दुवै पार्टीले दाबी गरेपछि कुरा मिल्न नसकेको हो।
अब आज पुनः बैठक बसेर यस विषयमा छलफल गर्न लागिएको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







