ट्याक्सीमा बढेको भाडादर आजदेखि लागू
- बैशाख ५, २०७९
- 0
आजदेखि ट्याक्सीमा नयाँ भाडादर लागू हुँदैछ। बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि अन्य यातायातको साधनमा बढेको भाडादर लागू गरे पनि ट्याक्सीमा भने आजदेखि मात्रै लागू गर्न लागेको हो।
बागमती प्रदेश सरकारले निर्धारण गरिएको भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ।
आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ।
सबै ट्याक्सीका मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढि लाग्ने विभागले जनाएको छ। त्यतिन्जेल सम्म ट्याक्सीमा यात्रुले देख्नेगरी मिटरमा देखिने साविकको भाडादर र यात्रुले तिर्नुपर्ने नयाँ भाडादर टाँस्नुपर्ने विभागले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







