जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

news-details

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवतीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको छ ।

सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा तनहुँ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको हाते ब्यागभित्र एक राउण्ड गोली फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।

प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेकी युवतीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाएको जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया