कारको ठक्करबाट नेपालगञ्जमा तीन पैदलयात्रीको मृत्यु
- चैत्र २८, २०७८
- 0
नेपालगञ्जको बिपी चोक नजिक कारले ठक्कर दिँदा तीनजना पैदलयात्रीको मृत्यु भएको छ। आइतवार राति प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए।
कारको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका-११ का ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए।
सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले नै शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए। अस्पताल पुर्याइएको १५ मिनेटपछि उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहले बताए।
प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० का २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







