कंगोमा विद्रोहीको आक्रमणबाट एक नेपाली सैनिकको मृत्यु
- चैत्र २३, २०७८
- 0
कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ ।
विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको हो ।
मृतक सैनिकको परिचय खुलाइएको छैन । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएका नेपाली सैनिकको मृत्यु भएको सैनिक मूख्यालयले जनाएको छ ।
उता, संयुक्त राष्ट्रसंघका महासचिवले पनि विज्ञप्ति जारी गर्दै नेपाली सैनिकको मृत्युको पुष्टि गर्नुभएको छ । राष्ट्रसंघले शान्ति सेनामाथिको आक्रमण युद्ध अपराध हुने भन्दै कंगोको सरकारलाई घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न भनेको छ ।
सैनिक मुख्यालयका अनुसार कर्डन एण्ड सर्चका क्रममा विद्रोही मिलिसियाले अज्ञात स्थलबाट आक्रमण गरेका थिए । घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएकोमा उपचारका क्रममा घाइते सैनिकको मृत्यु भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







