देशभर थप २४ मा कोरोना संक्रमण पुष्टि हुदा एकैदिन ५१ निको भए

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३ हजार २७८ पीसीआर परीक्षणमा २१ जना र २३०९ एन्टिजेन परीक्षणमा ३ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५१ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया