सत्ता गठबन्धनद्धारा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

news-details

सत्ता गठबन्धनको मङ्गलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ ।

चुनावी गठबन्धन सम्बन्धमा छलफल गर्न बसेको यस बैठकले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन् भने नेकपा एसबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल सदस्य छन् । जसपबाट अशोक राई र रेणु कुमारी यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सो समितिमा रहेका छन ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रिफिङ गरेका थिए ।

यसैगरी, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारका तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीलगायत गठबन्धन दलका शीर्षनेता सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया