कोरोनाले विदेश पढ्न जान रोकिएका विद्यार्थीले चैत २५ भित्र मन्त्रालयमा निवेदन दिनुपर्ने
- चैत्र २१, २०७८
- 0
कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ।
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।
कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ।
www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।
चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन पटकपटक सरकारलाई आग्रह गर्दै आएका थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







