प्रधानमन्त्री देउवा बनारस जादै, आजै स्वदेश फर्कने
- चैत्र २०, २०७८
- 0
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारीक भ्रमण पूरा गरी आज स्वदेश फर्किने कार्यक्रम छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले आज बिहान भारतको धार्मिकस्थल बनारस जानेछन । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन ।
बनारस भ्रमणका क्रममा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा शुक्रवार भारत प्रस्थान गरेका हुन । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसहित उच्चस्तरीय भेटघाटमा व्यस्त रहे ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







