गोरखापत्रको महाप्रबन्धकमा ऐरी, न्यूनतमको अध्यक्षमा खड्का
- चैत्र १७, २०७८
- 0
गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका हुन् ।
त्यस्तै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टरमा आबद्ध छिन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







