सत्ता गठबन्धनको बैठक आज बस्दै, चुनावी तालमेलबारे छलफल हुने
- चैत्र १७, २०७८
- 0
सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा चुनावी तालमेलको मोडालिटीका विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसले मंगलबार केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। कांग्रेसको यो निर्णयसँगै पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरू तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन्। उनीहरूले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







