जनकपुर-जयनगर रेल्वेको उद्घाटन शनिबार हुदै

news-details

कुर्था (जनकपुर)- जयनगर रेल्वेको उद्घाटन शनिबार हुने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका हुन ।

१९ गते शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट संयुक्तरुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

जगजयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले रेलसम्बन्धी अध्यादेश ल्याएपछि उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले जानकारी दिए । यसअघि दोस्रो अध्यादेश निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन पनि खडा भएको थियो ।

गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन ९यात्रुबिहीन० रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । ड्राई रनको सफलता पश्चात रेल सेवा उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया