इटहरीमा बम विस्फोट, दुई जना घाइते
- चैत्र १५, २०७८
- 0
इटहरी उपमहानगरपालिका–२ स्थित एक घरमा सोमबार राती सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
विस्फोट भएको ठाउँबाट हिमाल सुरक्षा परिषदको पर्चा सामग्री प्रहरीले फेला पारेको छ।
नवजागृति टोलमा २२ बर्षीय रविन थापा बस्दै आएको कोठामा बिष्फोट हुँदा उनीसहित लम्जुङ घर भएका २३ वर्षीय शेरजङ गुरूङ घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले झोलामा रहेको सुतली बम विस्फोट भएको खुलेको छ। यद्यपि अझ अनुसन्धान जारी रहेको बताइएको छ।
विस्फोटमा घाइते भएका थापाको आँखामा चोट लागेपछि बिराटनगर लगिएको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







