देशभर थप ८ मा कोरोना संक्रमण पुष्टि हुदा एकैदिन २१० निको भए

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१ हजार ६९६ पीसीआर परीक्षणमा ८ जना र ९५९ एन्टिजेन परीक्षणमा शुन्य गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५१ रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया