सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा निर्वाचित
- चैत्र १२, २०७८
- 0
सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छन् । शुक्रबार मध्यरातमा घोषणा भएको मत परिणामअनुसार तुम्खेवालेले प्रतिद्वन्द्वी कमला पन्थीलाई २ मत अन्तरले हराउँदै अध्यक्षमा बाजी मारेकी हुन्।
तुम्खेवाले ८५ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन्।
त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।
महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्। सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







