जनजाती महासंघको अध्यक्षमा गेल्जे शेर्पा, महासचिवमा दिवस राई
- चैत्र ११, २०७८
- 0
नेपाल आदिवासी जनजाती महासंघको १०औं राष्टिय महाधिवेसनले गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नवलपरासीको कावासोतीमा सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध रुपमा चयन भएका छन । त्यस्तै उपाध्यक्ष पदमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्या), लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा दिवस राई चयन भएका छन् । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन । ८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध निर्वाचित भएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







