देशभर थप ३८ मा कोरोना संक्रमण पुष्टि हुदा एकैदिन २६९ निको भए

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १५२१ एन्टिजेन परीक्षणमा ४ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २६९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५१ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया