देशभर थप ४४ मा कोरोना संक्रमण पुष्टि, एकैदिन १४७ निको हुदा १ जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २०९९ एन्टिजेन परीक्षणमा ९ जना गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४८१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया